दसैँका लागि अग्रिम टिकट बुकिङ आजबाट खुला

होस्ट खबर २२ आश्विन २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं : दसैँका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुला भएको छ । यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष सरोज सिटौलाले आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको बताएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले पुरानै भाडामा अग्रिम टिकट खुल्ला भएको बताए । गत शुक्रबार सरकार र यातायात व्यवसायी राष्ट्रिय महासंघबीच छलफलमा सहमति भएपछि आजदेखि बुकिङ खुला गरिएको हो । दसैँको अवधिमा काठमाडौं उपत्यकाबाट करिब २० लाखसम्म यात्रु बाहिरिने अनुमान छ ।

विगतका वर्षमा दसैँ सुरु हुनुभन्दा झण्डै एक महिना अगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुलाउने गरिएको थियो। सवारी भाडा, सवारी संख्या र रुट पर्मिट खुल्ला गर्ने विषयमा थप गृहकार्य सिटौला बताउँछन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array