इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीलाई अनलाइन रजिस्ट्रेशन गर्न आग्रह

होस्ट खबर २२ आश्विन २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं : इजरायलमा रहेको नेपाली दूतावासले स्वदेश फर्किन चाहने नेपालीका लागि अनलाइन रजिस्ट्रेशनको व्यवस्था गरेको छ । समस्या र त्रासमा रहेका नेपाली नागरिकहरुको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि आधार प्राप्त होस् भनेर सूचना संकलनको काम शुरु गरिएको दूतावासले जनाएको छ । दूतावासका अनुसार यो लिंकबाट अनलाइन रजिस्ट्रेशन गर्न सकिन्छ ।

https://docs.google.com/forms/d/e/1FAIpQLSeMRewPD1WdA5L1FgpE58gmUEAAs6jEKXP8Q4b1JDa-TM5W6A/viewform

अहिले आफू रहेकै ठाउँमा सुरक्षित रहँदै रजिष्ट्रेशन प्रक्रियामा सहभागी हुन दूतावासले अनुरोध गरेको । यस्तै दूतावासले सूचना निकालेर आक्रमणमा मारिएका १० जना नेपालीको शव ल्याउन पनि आवश्यक प्रबन्ध गरिने जनाएको छ । शव नेपाल फिर्ता पठाउने प्रक्रियाको लागि राजदूतावासले इजरायल सरकारसँग आवश्यक समन्वय गरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्