सुदूरपश्चिम र कर्णालीबाट बाहिरियो मनसुन

होस्ट खबर २१ आश्विन २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौँ : सुदूरपश्चिम र कर्णाली प्रदेशको पश्चिम भूभागबाट यस वर्षको मनसुन बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागले शुक्रबार सो क्षेत्रबाट मनसुन बाहिरिएको र बाँकी भूभागबाट पनि केही दिनमा बाहिरिने सम्भावना रहेको जनाएको छ ।

विभागका अनुसार मनसुनी प्रणालीको असर लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशमा अझै केही दिन रहने देखिन्छ । नेपालमा गत जेठ ३१ गते मनसुन भित्रिएको थियो तर करिब एक सातापछि मात्रै देशभरि फैलिएको थियो । गत सोमबार असोज १५ गते नै मनसुन बाहिरिने अनुमान गरिएकोमा यस वर्ष केही ढिला गरी मनसुन बाहिरिन लागेको हो ।

विभागले मनसुन बहिर्गमन प्रक्रियालाई सूक्ष्म रूपले अनुगमन गरिरहेको जनाएको छ । आइतबार र सोमबार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहने विभागले जनाएको छ ।

विभागले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एकरदुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्