आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

होस्ट खबर १९ आश्विन २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ : नेपाल राष्ट्र बैंकले शुक्रबारदेखि २० रुपैयाँ दरको नयाँ नोट प्रचलनमा ल्याएको छ । साविककै आकार तथा रंगमा बैंकले संकेत नम्बर ठ८७ ०००००१ देखि त १८ ९९९९९९ सम्मका नोट बजारमा पठाउन लागेको हो ।

नोटको बायाँतर्फ सगरमाथाको चित्र तथा दायाँतर्फ लालीगुरासँसको छाप पनि रहेको छ । यसैगरी गभर्नरको दस्तखत रहेको स्थानमा गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको छ भने नोटको तल्लो भागको बोर्डरमा नोटको सिरियल नम्बर नेपालीमा ‘२०७९’ लेखिएको छ ।

यसैगरी नोटको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीम नेपाल राष्ट्र बैंक लेखिएको छ भने मध्य भागमा दुई वटा बाह्रसिंगाको चित्र पनि रहेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्