सुर्खेत पाँच वर्षीय बालक मृत्यू प्रकरण: फरार मोटरसाईकल चालक पक्राउ

होस्ट खबर १४ आश्विन २०८०, आईतवार
1 Min Read
Aa

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगर मुलपानी चोक नजिक पाँच वर्षीय बालकलाई ठक्कर दिई फरार मोटरसाइकल चकललाई प्रहरीले पक्राउ गरेको छ । ति व्यक्तिलाई प्रहरीको विशेष अनुसन्धान टोलीले पूर्वी सुर्खेतबाट पक्राउ गरेको हो ।

प्रहरीले गुर्भाकोट नगरपालिका–१४ गुमीका ३१ बर्षीय अर्जुन पुनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनको साथबाट कर्णाली प्रदेश ०३–००२ प ९२०३ नम्बरको मोटरसाईलक पनि नियन्त्रणमा लिएको हो।

उक्त मोटरसाईकलको ठक्करबाट शनिबार आठविस नगरपालिका–६ खिड्कीज्युलका ५ बर्षीय दिग्दर्शन पुरीको मृत्यु भएको थियो। यरिचोक नजिकको गोकुल कटेज नजिकै उक्त मोटरसाईकलले मामाको घरबाट फुपुको घर जाँदै गरेका बालक पुरीलाई ठक्कर दिएको थियो।

ठक्करबाट घाईते भएका बालकलाई उपचारका लागि कर्णाली केयर अस्पताल लगिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको थियो।

घटनापछि फरार रहेका चालक र मोटरसाईकललाई शनिबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको हो। बालकका आफन्तहरुले पीडकलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग गर्दै वीरेन्द्रनगरमा आन्दोलन गरेका थिए। उनीहरुले कर्णाली राजमार्गको दैलेख खण्डमामा पनि सडक अवरुद्ध गरेका थिए l

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्