पेट्रोलियम पदार्थमा मूल्यवृद्धि, ग्यास प्रतिसिलिन्डर २११० पुग्यो

होस्ट खबर १४ आश्विन २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं : सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले शनिबार राति १२ बजेबाट लागू हुनेगरी मूल्य बढाएको हो । भारतबाट मूल्य बढेर आएको भन्दै निगमले मूल्य बढाएको छ ।

खाना पकाउने एलपी ग्यासको मूल्यमा उच्च वृद्धि भएको छ । प्रतिसिलिन्डर मूल्य २१५ रुपैयाँ बढेको छ । यसअघि १८९५ रुपैयाँ थियो । पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ मूल्य बढाएको छ । हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ । १५ दिनअघि पनि निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्