धावनमार्ग विस्तारसंगै सुर्खेतमा प्रादेशिक विमानस्थल पनि आवश्यक छ: का.व. प्रधानमन्त्री खड्का (भिडियो)

होस्ट खबर १० आश्विन २०८०, बुधबार
1 Min Read
Aa

सुर्खेत : कार्यवहाक प्रधानमन्त्री एवम् उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सुर्खेत विमानस्थल विस्तारको योजनामा अस्वाभाविक विवाद भइरहेको बताएका छन् ।

बुधबार बिहान नेपाल प्रेस युनियन सुर्खेतले सुर्खेत विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा रक्षामन्त्री खड्काले दीर्घकालीन प्रयोगका लागि सुर्खेत विमानस्थल उपयुक्त नभएको बताएका हुन् ।

सुर्खेत विमानस्थल विस्तारका सम्बन्धमा पत्रकारहरूले राखेको प्रश्नमा उपप्रधानमन्त्री खड्काले धावनमार्ग विस्तार गर्ने कुरामा आफु सहमत नै रहेको कुरा औंल्याए । उत्तरतर्फ जति विस्तार गर्ने भनिएको छ, त्यो भविष्यमा ठूला जहाज उतार्नका लागि उपयुक्त धावनमार्ग नहुने भन्दै छिन्चुमा प्रादेशिक विमानस्थल निर्माणको योजना अगाडि सारेको बताए ।

विमानस्थल विस्तारको योजनामा आफूले कुनै अवरोध नगरेको उल्लेख गर्दै उनले भौगोलिक अवस्था र स्थानीयहरूसँगको समन्वयमा विस्तारको काम अगाडि बढाइनु पर्ने बताए । वर्तमान गठवन्धन सरकार बजेट कार्यान्वयनको पाटोमा रहेको उल्लेख गर्दै उनले सुशासन प्रवर्द्धन र आम नागरिकका दैनिकीसँग जोडिएका सवालमा सरकार प्रतिबद्ध रहेको बताए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्