काठमाडौँ : नेपाल राष्ट्र बैंकले यस वर्ष पनि आगामी दशैंका लागि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँको दरले नयाँ नोट वितरण गर्ने तयारी गरेको छ । घटस्थापना आसपासदेखि नयाँ नोट वितरण सुरु गर्ने राष्ट्र बैंकको तयारी छ ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
राष्ट्र बैंकले दशैं(तिहारमा दक्षिणा र पूजाका लागि नयाँ नोट साट्ने सुविधा दिँदै आएको छ । हाल नयाँ नोट कति आवश्यक पर्ने हो भनेर राष्ट्र बैंकका प्रादेशिक कार्यालय र नोट कोष सुविधा लिएका बैंकहरुबाट विवरण संकलन भइरहेको छ ।
विवरण संकलन भइसकेपछि वितरणको काम सुरु हुने छ । नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख नरेश शाक्यका अनुसार घटस्थापना आसपासदेखि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँसम्म नयाँ नोट वितरण गर्ने तयारी छ ।
अघिल्ला दुई वर्ष पनि राष्ट्र बैंकले प्रतिव्यक्ति बढीमा १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट दिने गरेको थियो । बैंक तथा वित्तीय संस्थाहरुलाई भने उनीहरुको माग र ग्राहकको संख्या अनुसार नयाँ नोट उपलब्ध गराउने तयारी छ ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्