आज १९ औँ एशियाली खेलकुदको औपचारिक उद्घाटन

होस्ट खबर ६ आश्विन २०८०, शनिबार
1 Min Read
Aa

काठमाडौं : चीनको हाङ्झाउमा १९औँ एशियाली खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन आज हुँदैछ । आजदेखि असोज २१ गतेसम्म आयोजना गरिएको एसियाली खेलकुद प्रतियोगितामा विश्वका ४५ देशको सहभागिता रहनेछ ।

प्रतियोगितामा नेपालको तर्फबाट २९ खेलमा १२७ जना महिला र १२६ जना पुरुष गरी २५३ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् नेपालबाट पहिलोपटक यति ठूलो सङ्ख्यामा प्रतिस्पर्धी खेलाडीहरू सहभागी हुन लागेका हुन् । यो एशियाडमा इतिहासकै धेरै खेलाडीहरुले पनि सहभागीता जनाउदै छन् ।

१९ औं एसियाली खेलकुद उद्घाटन समारोहमा हुने मार्चपासमा निमा घर्तीमगर र वीरबहादुर महराले नेपालको झन्डा बोक्ने छन् । निमा पछिल्लो दुई संस्करणको दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक विजेता हुन् ।

यस्तै वीरबहादुरले पछिल्लो सागमा स्वर्ण जितेका थिए । प्रतियोगिताको उद्घाटन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि सहभागिता जनाउँने कार्यक्रम छ ।

उद्घाटन समारोह सुरु नहुँदै पुरुष भलिबल, टेबल टेनिस र महिला फुटबल सुरु भइसकेका छन् । नेपाली समय अनुसार आज राती पौने ८ बजे सुरु हुने उद्घाटन समारोह हाङ्झाउ ओलम्पिक सेन्टरमा दुइ घण्टा चल्नेछ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array