वार्ता निष्कर्षविहीन, सडक अस्तव्यस्त

होस्ट खबर ५ आश्विन २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ : संसद्मा दर्ता भएको विद्यालय शिक्षा विधेयकविरुद्ध देशभरका शिक्षकले बिहीबार पनि आन्दोलन जारी राख्दा काठमाडौं उपत्यकाको सडक अस्तव्यस्त भएको छ । माइतीघरमा जारी आन्दोलनका कारण त्रिपुरेश्वर, थापाथली, माइतीघर, बिजुलीबजार, बानेश्वर, मीनभवनदेखि कोटेश्वरसम्मै सवारीसाधन जाममा फसेका छन् ।

आन्दोलनका कारण सडकमा ट्राफिक व्यवस्थापन गर्न प्रहरीहरुलाई हम्मेहम्मे परेको छ । शिक्षा विधेयकविरुद्ध देशभरका शिक्षकले हिजोदेखि काठमाडौंमा आन्दोलन थालेका हुन् । आज बिहान शिक्षकका प्रतिनिधि र सरकार पक्षबीच वार्ता भए पनि कुनै निष्कर्ष निस्किन सकेन ।

यसैबीच, नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले आन्दोलनरत शिक्षकहरूलाई विद्यालय बन्द नगर्न आग्रह गरेका छन् । विद्यालय शिक्षासम्बन्धी विधेयकमा अनेकन् कमजोरीहरू भएकाले आफूहरूले संसदबाट सुधार्ने प्रतिबद्धता जनाएका छन् ।

सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘संसद्मा दर्ता भइसकेपछि अब यो विधायिकाको कर्तव्य र जिम्मेवारी हो । हामी सबैसँग घनिभूत छलफल र संवाद गर्नेछौं । आन्दोलनरत शिक्षक, स्थानीय सरकारलगायत सरोकारवाला र चिन्तित अभिभावक एवं विद्यार्थी सबैका जायज माग र चिन्ताको संवोधन गर्ने कुरामा प्रतिबद्ध छौं ।’

सांसदको भूमिका एवं विवेकमाथि विश्वास गरेर रचनात्मक ढङ्गले समाधानको खोजीका लागि मद्दत गर्न र विद्यालय बन्द गर्ने अप्रिय बाटो अवलम्बन नगरी आन्दोलनको स्वरूप परिवर्तन गर्न शिक्षक महासंघ लगायत सबै पक्षमा आग्रह गरेका छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्