भदौ १० गतेदेखि बेपत्ता भएका नेपाली सेनाका गुल्मपतिको शव नदीमा फेला

होस्ट खबर २६ भाद्र २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौँ। नेपाली सेनाका गुल्मपतिको शव फेला परेको छ। यही भदौ १० गतेदेखि बेपत्ता भएका डोल्पा सदरमुकाम दुनैस्थित नन्द बक्स गुल्मका इञ्चार्ज विमल पण्डितको शव नदीमा फेला परेको हो ।

डोल्पाबाट ३० किलोमिटर दक्षिण पश्चिम जाजरकोटतर्फको खाँडाचक्र नजिकैको भेरी नदीमा उनको शव फेला परेको हो। मेजर ध्रुव कार्कीको टोली परिवारसहित घटनास्थल पुगेपछि शव पहिचान भएको थियो ।भदौ १० गते अपरान्ह साढे ४ बजे सुरक्षा गार्ड समेत नलगी उनी एक्लै इभिनिङ वाकका लागि ब्यारेकबाट निस्केका थिए। सम्पर्कविहीन भएको १७ दिनपछि उनको शव फेला परेको प्रहरीले जनाएको छ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्