सरकार गम्भीर नहुँदा संघीय संसद् ‘बिजनेसविहीन’

होस्ट खबर २३ भाद्र २०८०, शनिबार
2 Min Read
Aa

काठमाडौँ : सरकार गम्भीर नहुँदा संघीय संसद् ‘बिजनेसविहीन’ भएको छ । दुवै सदन राष्ट्रियसभा र प्रतिनिधिसभा बैठक प्रभावित भएको छ । बिजनेसविहीन नभएपछि भदौ २४ गते बोलाइएको राष्ट्रियसभाको बैठक स्थगित गरिएको छ । आइतबारका लागि बोलाइएको बैठक सरकारले बिजनेस नदिएका कारण स्थगित भएको हो ।

संसद्मा नयाँ विधेयक दर्ता भएको छैन प्रतिनिधिसभामा आएका ११ विधेयक समितिमा विचाराधीन छन् । एउटा संशोधनको प्रक्रियामा छ । सदनमा छलफल गर्ने कुनै पनि विधेयक नहुँदा बिजनेस विहीन भएको हो । उता प्रतिनिधिसभाको हालत पनि उही छ । सरकारले बिजनेस नदिएकै कारण बिहीबार बस्ने बैठकमा राष्ट्रिय महिला आयोगको १५ औँ प्रतिवेदन पेस र मन्त्रीसँगको प्रश्नोत्तरलाई सम्भावित कार्यसूचीमा राखिएको थियो ।

अब बैठकमा आकस्मिक, शून्य र विशेष समय मात्रै राख्नुपर्ने परिस्थिति बनेको संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभा बैठक पनि आइतबार राख्ने तयारी थियो । तर, सत्तारूढ दलका मुख्य सचेतकहरूले सरकारले बिजनेस दिन नसक्ने बताएपछि एक साता पर बैठक धकेलिएको छ । आउँदो बिहीबारलाई बैठक तय गरिएको र सरकारले सोही अनुसार तयारी गर्ने स्रोतले बताएको छ ।

संसद् सचिवालयका एक कर्मचारीले भने, ‘सरकारबाट ‘कुनै विद्ययक नआएपछि एक सातापछि बैठक धकेलिएको छ । त्यो पनि महिला आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने र मन्त्रीले जवाफ दिने कार्यसूची तय गरिएको छ ।’ बिहीबारको बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी सांसदका मौखिक प्रश्नहरूको मन्त्रीले जवाफ दिँदै छन्

यता राष्ट्रिय सभामा सरकार शुक्रबार संघीय संसद्का महासचिव भरतराज गौतमले सूचना जारी गरी बैठक स्थगित भएको जानकारी दिएका छन् । प्रतिनिधि सभाबाट कुनै विद्ययक छलफलमा नआएपछि राष्ट्रिय सभाले भने सूचनामा बैठक कारणवश स्थगित भएको जनाएको छ ।

 

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्