वर्षाका कारण भारत र पाकिस्तानबीचको खेल रद्द हुँदा नेपाललाई फाइदा

होस्ट खबर १७ भाद्र २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं : एसिया कप क्रिकेटमा भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द भएको छ । श्रीलङ्काको क्यान्डीमा खेल रद्द भएसँगै दुवै टोलीले एकरएक अङ्क बाँडेका छन् । यो नतिजासँगै पाकिस्तान समूह ‘ए’ मा ३ अङ्ककासाथ सुपर फोरमा पुगेको छ । पाकिस्तानले पहिलो खेलमा नेपाललाई २ सय ३८ रनको फराकिलो अन्तरले हराएको थियो ।

शनिबार टस जितेर पहिला ब्याटिङ गरेको भारत ४८ ओभर ५ बलमा २ सय ६६ रनमा अलआउट भएको थियो । भारतका लागि इशान किसन र हार्दिक पान्ड्याले अर्धशतकीय इनिङ खेले । पान्ड्याले ८७ र किशनले ८२ रन बनाए । पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले ४ तथा हरिस रौफ र नसिम शाहले समान ३र३ विकेट लिए ।

जितका लागि २ सय ६७ रनको लक्ष्य पाएको पाकिस्तानले पानी परेपछि पारी शुरु गर्न पाएन । भोलि क्यान्डीमा नेपाल र भारतबीच खेल हुनेछ । यो खेलको विजेता टोली नै सुपर फोरमा पुग्नेछ । तर वर्षाको कारण अङ्क बाँड्नुपर्ने भएमा भारत सुपर फोरमा जानेछ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्