सुत्केरी ब्यथाले च्यापेपछि अस्पताल हिडेकी पत्नीको गाडी ट्राफिकले रोकेपछि बालेन आक्रोसित, भने: ‘सिंहदरबार जलाइदिन्छु’

होस्ट खबर १७ भाद्र २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पुत्रीलाभ भएको छ । मेयर शाहकी पत्नी सविना काफ्लेले आइतबार छोरीलाई जन्म दिएकी हुन् । बालेन र सविनाबीच २०७४ साल फागुनमा विवाह भएको थियो ।

शनिबार मात्र मेयर शाहले श्रीमती सवार गाडीलाई ट्राफिक प्रहरीले रोकेको विषयमा सिंहदरबारमा आगो लगाइदिने भन्दै सामाजिक सञ्जालमार्फत विवादास्पद अभिव्यक्ति दिएका थिए ।

सुत्केरी ब्यथाले च्यापेपछि शनिबार राति ९ बजे ईमर्जेन्सी श्रीमतीलाई हस्पिटल लगेको गाडी ट्राफिकले रोकेर केरकार गरे तथा ड्राईभरले सबै कुरा बताउदा पनि नछोडेर अनावश्यक दुख दिएपछि बालेन शाह आक्रोशित भएको जनाईएको छ । अस्पतालमा बालेन पत्निले छोरीलाई जन्म दिएकी छिन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्