एसिया कप: आज भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै

होस्ट खबर १६ भाद्र २०८०, शनिबार
1 Min Read
Aa

काठमाडौं : पाकिस्तान र श्रीलंकामा जारी एसिया कपमा क्रिकेट प्रतियोगीतामा आज विश्व क्रिकेटका दुइ चिर प्रतिध्वन्दी भारत र पाकिस्तान विच प्रतिस्पर्धा हुदैछ ।

यो खेल श्रीलंकाको क्यान्डिस्थित पालेकेले अन्तराष्ट्रिय क्रिकेट रंगशालामा नेपाली समय अनुसार दिउसो सवा ३ बजे सुरु हुनेछ । भारतविरुद्ध खेल्न पाकिस्तानले नेपालसॅंग खेलेका खेलाडीलाई निरन्तरता दिदै टोली तयार पारेको छ ।

एक खेल खेलिसकेको पाकिस्तान तालिकाको शिर्ष स्थानमा छ । पाकिस्तानले पहिलो खेलमा नेपाललाइ २ सय ३८ रनले हराएको हुदा भारत विरुद्ध जित निकाले पाकिस्तान सुपर फोरमा पुग्नेछ । भारतको भने यो समुहको पहिलो खेल हो ।

केन्डीमा आज वर्षा हुने पूर्वानुमान गरिएकाले भारत र पाकिस्तान बीचको खेल प्रभावित हुनसक्ने देखिएको छ ।

हेड टु हेडका आधारमा भारत र पाकिस्तान विच १३ पटक भेट हुदा भारतले ७ पटक र पाकिस्तानले ५ पटक जित निकालेका छन् । एक खेल भने विना नतिजा रोकिएको थियो । समुह ए को भारतले दोस्रो खेलमा नेपालसंग सोमबार खेल्नेछ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्