सुर्खेत : कर्णाली प्रदेश सरकारको बेरूजु फर्छ्यौटका लागि तीन जना आर्थिक प्रशासन विज्ञ ल्याउने तयारी गरिएका छ । आइतबार बसेको लेखा समितिको बैठकले विज्ञ माग गर्ने निर्णय गरेको हो ।

सार्वजनिक लेखा समितिले विभिन्न मन्त्रालय तथा निकायहरूमा भएको बेरूजु फर्छ्यौटका लागि आर्थिक प्रशासन विज्ञ ल्याउने जनाएको छ ।
महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएको बेरूजु तीव्र गतिमा फर्छ्यौट गर्नका लागि संसद सहयोग परियोजनासँग परामर्शदाताको रूपमा आर्थिक प्रशासन विज्ञ माग गर्ने निर्णय गरिएको सार्वजनिक लेखा समितिले जनाएको छ ।
समितिको बैठकले भौतिक पूर्वाधार, आर्थिक मामिला, आन्तरिक मामिला, सामाजिक विकास मन्त्रीहरू, सामजिक विकास मन्त्रालयका सचिव लगायतलाई राखेर आइतबार आर्थिक बर्ष ०७७/०७८ को बेरूजुको बारेमा छलफल गरेको थियो । बेरूजुसम्बन्धी थप कार्यका लागि मन्त्रालय स्तरबाट आवश्यक छलफल तथा अध्ययन गरी समितिमा विवरणसहित जानकारी गराउने प्रतिबद्धता गराइएको छ ।












प्रतिक्रिया दिनुहोस्