भ्यालुयर्स एसोसिएसन कर्णालीको अध्यक्षमा ई. हरी केसी

होस्ट खबर ९ भाद्र २०८०, शनिबार
1 Min Read
Aa

सुर्खेत : नेपाल भ्यालुयर्स एसोसिएसन कर्णाली प्रदेश च्यापटरको कमिटी गठन भएको छ। इन्जिनियरहरु अवाद्ध रहेको एसोसिएसनको अध्यक्षमा ई. हरी केसी सर्वसम्मत चयन भएका छन्।

उपाध्यक्षमा महेशकुमार ढुङ्गाना, सचिवमा सागर लम्साल र कोषध्यक्षमा क्षेत्र बोहोरा सर्वसम्मत चयन भएका छन्।

यस्तै, सदस्यहरुमा बालाराम तिवारी, होमराज थापा, ईश्वर विष्ट, निराजन शाही, रविन महत, पदमबहादुर थापा र दिपक ढकाल सर्वसम्मत चयन भएका छन्।

साथै एसोसिएसनको सल्लाहकार समिति समेत गठन गरिएको छ। जसको वरिष्ठ सल्लाहकारमा जनकबहादुर शाही, सल्लाहकारमा चेत अधिकारी, लावनध्वज खाण, विनोद भट्टराई, घनश्याम पाठक रहेका छन्।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्