जुफाल विमानस्थल एक महिना बन्द गर्न सिफारिस

होस्ट खबर ३ भाद्र २०८०, आईतवार
1 Min Read
Aa

सुर्खेत : डोल्पास्थित जुफाल विमानस्थल एक महिना बन्द गर्न सिफारिस गरिएको छ । शनिबार जिल्लास्थित सरोकारवाला पक्षले विमानस्थलको स्थलगत अनुगमन गरेपछि नागरिक उड्डयन प्राधिकरण काठमाडौंलाई यस्तो सिफारिस गरेको हो ।

विमानस्थलको धावनमार्ग असुरक्षित भएको गुनासो पाइलटबाट बारम्बार आएपछि स्तरोन्नति गर्न विमानस्थल बन्द गर्न लागिएको नागरिक उड्डयन प्राधिकरण जुफालका प्रमुख अमित चौरासियाले जानकारी दिए ।

विमानस्थल स्तरोन्नतिका लागि बोलपत्र आह्वान भएर निर्माण कम्पनीले जिम्मा पाइसकेकाले १० भदौदेखि १० असोजसम्म बन्द गर्न सिफारिस गरिएको उनले बताए । जुफाल विमानस्थल डोल्पालीका लागि यातायातको एकमात्र भरपर्दो माध्यम हो ।

स्थलगत अनुगमनमा विमानस्थलका प्रमुख अमित चौरसिया, ठूलीभेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, सहायक प्रमुख जिल्ला अधिकारी दामोदर ज्ञवाली, सशस्त्र प्रहरी नायब उपरीक्षक लीलाबहादुर कार्की, प्रमुख अनुसन्धान अधिकृत मेघराज कँडेल लगायत एयरलाइन्सका प्रमुख तथा स्थानीय सरोकारवाला व्यक्तिहरूको उपस्थिति थियो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्