पेट्रोलमा प्रतिलिटर ५ र डिजेलमा १४ रुपैयाँको मूल्य वृद्धि

होस्ट खबर ३१ श्रावण २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ।

निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर १४ र र पेट्रोल प्रतिलिटर ५ रुपैयाँ बढाएको हो। मंगलबार राति बसेको निगम सञ्चालक समिति बैठकले यस्तो निर्णय गरेको हो।

बढेको मूल्य अनुसार पेट्रोल प्रति लिटर १ सय ७५ र डिजेल र मट्टितेलको मूल्य प्रति लिटर १६४.५ भएको छ।

इन्डियन आयल कार्पोरेशनबाट पेट्रोल र डिजेलमा क्रमशः प्रतिलिटर तीन दशमलव ८५ र ११ दशमलव २५ रुपैयाँ मूल्य बढेर आएसँगै नेपालमा पनि वृद्धि गरिएको निगमले जनाएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्