अन्तर्राष्ट्रिय उडानमा ‘फिट टु फ्लाई’ अनिवार्य

होस्ट खबर २८ श्रावण २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौँ : देशका विभिन्न स्थानमा आँखा पाक्ने रोगको प्रकोप फैलिँदै गएपछि अन्तर्राष्ट्रिय उडान गर्दै आएका वायुसेवा कम्पनीले उडानमा कडाइ गर्न थालेका छन् । आँखा पाक्ने समस्या भएका बिरामीको चाप बढेसँगै हवाई कम्पनीले उडान योग्यताको प्रमाणपत्र (फिट टु फ्लाई) खोज्न थालेका हुन् ।

नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएका नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले सूचना जारी गरेर सो रोगसँग सम्बन्धित लक्षण देखिएका यात्रुलाई यात्रा नगर्न आग्रह गरेका छन् । निगमका प्रवक्ता रमेश पौडेलले आधिकारिक चिकित्सकीय निकायबाट आँखा पाक्ने रोग नभएको वा अन्य व्यक्तिलाई नसर्ने सुनिश्चित भएको प्रमाणपत्र पेस गरेर मात्रै उडानमा सहभागी गराउन थालेको जानकारी दिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हवाई आवागमनलाई लक्षित गरेर कुनै आधिकारिक मापदण्डसहितको निर्णय सार्वजनिक गरेको छैन । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई कम्पनीले आफूखुसी स्वास्थ्य परीक्षण रिपोर्ट खोज्न थालेपछि यात्रुलाई अन्योल र सास्ती हुन नदिन स्वास्थ्य मन्त्रालयसँग छलफल भइरहेको जनाएको छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले स्वास्थ्य मन्त्रालयमार्फत स्वास्थ्य सम्बन्धी मापदण्ड कार्यान्वयनका लागि कुनै निर्देशन जारी नभएको जानकारी दिए । ‘कस्तो अवस्थाका यात्रुलाई उडानमा सहभागी हुन दिने रु कहाँ स्वास्थ्य परीक्षण गराउने रु परीक्षण शुल्क कति लिने ? लगायतका विषय मन्त्रालयसँग छलफल भइरहेको छ,’ उनले भने ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्