प्राधिकरणको कारबाहीबारे बोल्यो सिम्रिक एयर, बेथिति बिरुद्द बोल्दा सिध्याउन खोजियो

होस्ट खबर २६ श्रावण २०८०, शुक्रबार
3 Min Read
Aa

काठमाडौँ : नेपाल नागरिक उड्डयन प्राधिकरणको कारबाहीबारे सिम्रिक एयर लिमिटेडले बोलेको छ। प्राधिकरणको बेथिति बिरुद्द बोल्दा नियामकीय अधिकारको दुरुपयोग गरेर आफूमाथि कारबाही गरिएको सिम्रिक एयरले जनाएको छ।

आज एक विज्ञप्ती जारी गरि सिम्रिक एयरले भनेको छ, ‘प्राधिकरणले निजि क्षेत्रबाट संचालित हवाई सेवा प्रदायक कम्पनीहरुलाई विभिन्न वाहानामा प्रत्यक्ष अप्रत्यक्षरुपमा निरुत्साहित गर्ने र यस व्यवसायमा आवद्घ व्यवसायीहरुको व्यवसायलाई धराशायी पार्ने उदेश्यले पटक पटक विनाकारण दुख दिदै आएकोमा सोको विरुद्घमा वायु सेवा संचालक संघ नेपाल का अध्यक्षको हैसियतले यस्तो प्रकारको व्यथितिकोसम्बन्धमा यस कम्पनिका अध्यक्षले आवाज उठाएको हुनाले निजलाई व्यक्तिगत रुपमै लक्षित गरि निज आवद्घ संस्थाको गरीमाप्रति भ्रम सिर्जना गर्न खोजिएको नियति प्रष्ट देखिन्छ।’

विज्ञप्तिमा अगाडी भनिएको छ, ‘सिम्रिक एयर लिमिटेडको नाममा प्राधिकरणले मिति २०८०।०४।२१ गते चलानी नम्वर १७ को पत्र अनुसार ७ दिन भित्र हिसाव मिलान गर्न आउन भनि पत्राचार गरि पत्रमा दिएको मिति अगावै वदनियतपूर्ण तरिकाले, पूर्वाग्रहि ढगंले, प्रतिशोध साध्ने उद्देश्यले आफ्नो अधिकारको दुरुपयोग गरि यस संस्थाको गरिमामा आच पुर्याउनेउद्देश्यलेकपोकल्पित झुटा र भ्रामक समाचार सम्प्रेषण गरेकोमा यस प्रेष विज्ञप्ति बाट खण्डन गर्न चाहन्छौ।’

आफुहरुले सेवा उपभोग गरे वापतको रकम प्राधिकरणलाई क्रमश रुपमा बुझाउदै आएको र मिति २०८०।०४।२१ को पत्र प्राधिकरणको वार्षिक खाताबन्दिका क्रममा देखिन आएको छुटफुट रकम भएको सिम्रिक एयरको दाबी छ।

सो छुटफुट रकमका सम्बन्धमा उक्त रकम आफुहरुको उडान विवरण र हिसाव संग रुजु भई मेल खाएमा भुक्तानी गर्ने र नभएमा सच्याउनका निम्ति प्राधिकरणलाई अनुरोध गर्ने प्रक्रिया एवं व्यवहारमा रहि सिम्रिकले जनाएको छ। यस वर्ष पनि पत्रमा उल्लेख भए अनुसारको विभिन्न स्थानको खातावही २०८०।०४।२४ गते मात्र उपलब्ध भएको र हिसाव मिलानको क्रममै रहेकोमा, लुक्ला विमानस्थलको हिसाव एकिन भई सो वमोजिमको छुट रकम भुक्तान भईसकेको रताप्लेजुङ विमानस्थलको हकमा विमानस्थलको कार्यालयलाई हिसाव सच्याउन तथा अध्यावधिक गर्न ईमेल मार्फत कागजात पठाई निवेदन गरिएको समेत सिम्रिकले जानकारी गराएको छ।

काठमाडौ विमानस्थलको हकमा भने उडान संख्या वडी हुने भएकाले हिसाव मिलानकै क्रममा रहेकोले रुजु एवं मिलान हुनासाथ भुक्तान गर्नुपर्ने भएमा भुक्तान गर्न प्रतिबद्घ एवं सक्षम रहेको सिम्रिकले स्पष्ट पारेको छ।

आफ़ुहरुले विगत २१ वर्षदेखि नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन नियमावली पालना गरि प्राधिकरणलाई तिर्न बुझाउन पर्ने रकम र नेपाल सरकारलाई नियमअनुसार बुझाउन पर्ने रकमहरु नियमअनुसार बुझाउदै आएको समेत सिम्रिकले जनाएको छ।

प्राधिकरणलाई तिर्नुपर्ने ४६ लाख नतिरेकाले भोलि शुक्रबारदेखि कम्पनीका सबै हेलिकोप्टरको उडान रोक्ने निर्णय गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले संचार माध्यमलाई जानकारी गराएका थिए। सोहि अनुसार सिम्रिकको उडानमाथि रोक लगाइएको सम्बन्धमा समाचार प्रकाशित भएको थियो। सुरुवात देखि नै सिम्रिक एयरका क्याप्टेन रामेश्वर थापा र प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीबीच सम्बन्ध बिग्रिएको बताइन्छ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्