नेपालगञ्जमा रहेका कर्णाली प्रदेश प्रहरी संरचना सुर्खेतमा सारिँदै

होस्ट खबर २३ श्रावण २०८०, मंगलवार
2 Min Read
Aa

सुर्खेत : कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगञ्ज)लाई सुर्खेतमा सारिने भएको छ। सुर्खेतको पञ्चपुरी नगरपालिका–८ दुलालथाईमा सार्न लागिएको हो।

प्रहरी तालिम केन्द्रलाई सुर्खेतस्थित पञ्चपुरी नगरपालिका–८ दुलालथाईमा रहेको २३ बिघाहा जग्गा उपलब्ध गराउन सबै प्रकृया पुरा गरी गृह मन्त्रालयसम्म फाईल पेश गरिसकिएको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रहरी गतिविधि सार्वजनिक गर्दै नेपाल प्रहरी विशेष सुरक्षा गण कोहलपुर बाँके (हाल नेपालगञ्ज) लाई भने सुर्खेतकै गुर्भाकोट नगपरपालिकामा सार्न लागिएको छ।

गुर्भाकोटको १३ र १४ नम्बर वडाको गुमीमा साढे चार बिघाह जग्गा प्रप्तिको लागि आवश्यक प्रक्रिया पुरा भएको छ। २०८० असार २६ गतेको मन्त्रीपरिषद्को निर्णय मार्फत नेपाल प्रहरी विशेष सुरक्षा गणको नाममा प्राप्त गर्न सफल भएको थियो।

उक्त स्थानमा कार्यालय स्थानान्तरणको निमित्त भवन निर्माण र मर्मत कार्यको लागि आवश्यक पर्ने बजेटको एस्टिमेट गरी कर्णाली प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालयमा पेश गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख भिमप्रसाद ढकालले जानकारी दिए ।

उनकाअनुसार लुम्बिनी प्रदेशमा रहेका प्रहरी कार्यालयहरूको स्थानान्तरणको लागि वीरेन्द्रनगर नगरपालिका–५ चिसापानीस्थित कर्णाली प्रदेश प्रहरी गणको नाममा रहेको ३ बिगाह ८ कट्ठा जग्गामध्य दुइ बिघाह जग्गामा पुलिस स्कुल, एक बिघाह जग्गामा प्रदेश प्रहरी कार्यालय स्थापना र ८ कट्ठा जग्गामा केनाईल शाखा राख्नको लागि आवश्यक प्रक्रिया पुरा गरी प्रहरी प्रधान कार्यालयमा पत्राचार गरिएको छ।

सबै फाईलहरु हाल गृह मन्त्रालयमा पुगिसकेकाले यसै वर्षदेखि संरचना निर्माणको काम अघि बढ्ने सम्भावना बढी रहेको कार्यालयले जनाएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्