रुकुम पश्चिममा पहिरोमा पुरिएर दुई जनाको मृत्यु

होस्ट खबर १५ श्रावण २०८०, सोमबार
1 Min Read
Aa

सुर्खेत : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका- ७ को बाँसथलामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

आइतबार दिउँसो घारीखोलामा पहिरो खस्दा घाँस काटिरहेका स्थानीय ४४ वर्षीय कालीबहादुर खड्का र ४५ वर्षीया धनमाया खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए। दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा परेर स्थानकी ४२ वर्षीया बालकुमारी खत्री घाइते भएकी छ । उनलाई उपचारको लागि जिल्ला अस्पताल सल्ले ल्याइएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्