काठमाडौं : माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टी गठन भएको दुई वर्षमै संकटमा फसेको छ । पार्टी र आफ्नो राजनीतिक भविष्यमाथि प्रश्न चिह्न खडा गर्दै पार्टीका जिम्मेवार नेता तथा कार्यकर्ताहरूले नै पार्टी परित्याग गरी पुरानै दल नेकपा ९एमाले०मा फर्कने लहर चलेसँगै एकीकृत समाजवादी संकटमा परेको हो ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
एमालेका संगठन विभाग सचिव गगन विष्टले एमालेमा फर्कने एकीकृत समाजवादी पार्टीका नेताहरूको लिस्ट लामो रहेको दाबी गर्दै भने– ‘एकीकृत समाजवादी पार्टी भनेर माधव नेपाललाई रुँगेर बस्ने नेताहरू कम हुँदैछन् । विगत एक वर्षभित्र उक्त पार्टीबाट एमालेमै फर्किएका जिल्लादेखि केन्द्रसम्मको नेतृत्व तहमा रहेका नेताहरूको संख्या तीन दर्जनभन्दा बढी छ । एमालेमा फर्कने केन्द्रीय कमिटी सदस्यहरू त्योभन्दा धेरै छन् ।’
गत जेठमा वरिष्ठ नेता मुकुन्द न्यौपानेसहित एकीकृत समाजवादीका नेता कार्यकर्ताहरू एमालेमा समाहित भएपछि पार्टी प्रवेशको लहर चलेको एमालेका नेताहरूले बताएका छन् । उपाध्यक्ष चुडामणी जंगली, सचिव भागवत विश्वासी, केदार न्यौपानेसमेत पछिल्लो समय एमालेमा फर्किसकेका छन् । त्यस्तै, दर्जनभन्दा बढी केन्द्रीय सदस्य र करिब २० वटा जिल्ला नेताहरू एमालेमा समाहित भएको विष्टको दाबी छ । नेपाल समाचारपत्र दैनिकबाट
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्