गुटैगुटको कांग्रेसमा आन्तरिक एकताको खोजी

होस्ट खबर ९ श्रावण २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं : नेपाली कांग्रेसका पदाधिकारीहरूले पार्टीभित्र देखिएका समस्या सुधार गर्दै जनताले आशा र भरोसा गर्ने पार्टीका रूपमा विकास गर्नुपर्ने धारणा राखेका छन्।

साउन २ गतेदेखि सुरु भएको केन्द्रीय समितिको बैठकअन्तर्गत सोमबार पार्टी पदाधिकारीहरूले धारणा राख्दै जनतामा बढ्दै गएको निराशालाई कांग्रेसले सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्।

सबै र सधैं राजनीतिक परिवर्तनका लागि जनताले नेपाली कांग्रेस र उसको नेतृत्वलाई साथ दिए पनि उनीहरूले आफ्नो जीवनमा कुनै परिवर्तन नआएकोमा चरम असन्तुष्टि र निराशा प्रकट गरिरहेको जनाउँदै पदाधिकारीहरूले विगतमा भएका गल्ती तथा कमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्नेमा जोड दिएका छन्। जनताको हितमा पार्टी संगठन र सरकार समर्पित हुनुपर्ने उनीहरूको धारणा छ । नागरिक दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्