यी चार प्रदेशमा आज भारी वर्षाको सम्भावना

होस्ट खबर १ श्रावण २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं : हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान को आसपास अवस्थित रहेको छ।

सोमबार देशभर आंशिक देखी सामान्य बदली रहेको छ। गण्डकी प्रदेशका केही साथै कोशी, बागमती र कर्णाली प्रदेशका थोरै लगायत बांकी प्रदेशका एकरदुई स्थानहरूमा हल्का देखी मध्ययम वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो देशभर आंशिक देखी सामान्य बदली रहनेछ। मधेश प्रदेशका थोरै बांकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एकरदुई स्थानहरुमा मेघरगर्जनरचट्याङ्ग सहित भारी वर्षा को समेत सम्भावना रहेको छ।

यस्तै, सोमबार राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। मधेश प्रदेशका एकरदुई, कोशी र बागमती प्रदेशका थोरै तथा बांकी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानहरुमा मेघरगर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्