दैलेख : दैलेखमा व्यावसायिकरूपमा कृषि पेसा गर्ने किसानलाई कृषि विकास कार्यालयले पुरस्कृत गरेको छ । व्यवसायलाई प्रोत्साहन गर्ने उद्देश्यले जिल्लाभरिका ५० व्यावसायिक किसानलाई पुरस्कृत गरिएको हो ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
कार्यालयले प्रोत्साहन अनुदान कार्यक्रमअन्तर्गत नगदसहित उनीहरुलाई सम्मान गरेको कृषि विकास कार्यालयका निमित्त कार्यालय प्रमुख दशरथ पाण्डेले जानकारी दिए । कृषि पेसालाई सम्मानित बनाउनका लागि र कृषकको हौसला बढाउन पुरस्कृत गरिएको उनले बताए । प्रोत्साहनस्वरुप पाँच कृषकलाई जनही १० हजार, ४१ कृषकलाई जनही १५ हजार र चार कृषकलाई जनही २० हजार नगदसहित सम्मान गरिएको हो । व्यावसायिकरूपमा कृषि गर्ने किसानलाई बर्सेनि पुरस्कृत गरिने पाण्डेले बताए ।
पुरस्कारले व्यवसायप्रति थप जिम्मेवारी बढाउनुका साथै हौसला मिलेको चामुण्डा बिन्द्रासैनी– ७ का कृषक सागर शाहीले बताए । उनले भने, “उत्पादनका हिसाबले दिइने सम्मानले पेसाप्रति लगाव बढ्छ ।” कृषि उत्पादन बढाउन र कृषकलाई व्यावसायिक बनाएर आत्मनिर्भर बनाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने उनको भनाइ छ । रासस
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्