कर्णाली प्रदेशको कुल ६७ प्रतिशतमात्रै बजेट खर्च, १० अर्ब बजेट फ्रिज

होस्ट खबर २६ असार २०८०, मंगलवार
6 Min Read
Aa

सुर्खेत : कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७९/०८० को जम्मा खर्च ६७.५६ प्रतिशत गरेको छ। चालु आर्थिक वर्षको असार २४ गतेसम्म प्रदेश सरकारले उक्त प्रतिशत बजेट खर्च गरेको हो। प्रदेश लेखा नियन्त्रण कार्यालय सुर्खेतले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पूँजी गततर्फ ६४.०८ प्रतिशत मात्रै रहेको छ भने चालुतर्फ ७२.८४ प्रतिशत बजेट खर्च भएको छ।

चालु आर्थिक वर्षका लागि कर्णाली प्रदेश सरकारले ३२ अर्ब, ९७ करोड, १९ लाख, ४२ हजार ९ सय ५५ रुपैयाँ बजेट विनियोजन गरेको थियो। उक्त कूल बजेट मध्ये प्रदेश सरकारले पूँजीगत तर्फ १२ अर्ब ७२ करोड, ९० लाख, ९० हजार ७३ रुपैयाँ (६४.०८ प्रतिशत) र चालुतर्फ ९ अर्ब ५४ करोड, ७६ लाख, १९ हजार ८१ रुपैयाँ ५० पैसा (७२.८४ प्रतिशत) गरि कुल २२ अर्ब २७ करोड, ६६ लाख, २८ हजार एकसय ४७ रुपैयाँ २३ पैसा बजेट खर्च भएको छ भने १० अर्ब, ६९ करोड, ५३ लाख १४ हजार ८ सय ८ रुपैयाँ फ्रिज गएको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ।

अघिल्लो आर्थिक वर्ष २०७८/०७९ को भन्दा हाल २०७९/०८० मा बजेट खर्च प्रतिशत भने कही मात्रामा बढेको छ। २०७८/०७९ को असार २६ गतेसम्ममा कर्णाली प्रदेश सरकारले ६२.३७ प्रतिशत बजेट खर्च गरेको थियो। कुल बजेटमा पुँजीगततर्फ ६०.०३ प्रतिशत र चालु तर्फ ६६.२३ प्रतिशत बजेट खर्च भएको थियो।

यस्तै, आठ मन्त्रालयमा सबै भन्दा बढी उर्जा तथा जलस्रोत विकास मन्त्रालयले बजेट खर्च गरेको छ। यस मन्त्रालयले चालु आर्थिक वर्षका लागि ४ अर्ब, ४७ करोड, ८७ लाख, २५ हजार ८४ पाएकोमा तीन अर्ब, ३७ करोड, ६७ लाख, ४५ हजार ७० रुपैयाँ अर्थात ८३.२७ प्रतिशत बजेट कार्यान्वयनमा ल्याएको छ। जसमा पुँजीतर्फ ८४.७५ र चालूचर्फ ६०.९८ प्रतिशत बजेट खर्च गरेको छ।

यस्तै, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जम्मा ६७ करोड, ३५ लाख, ९९ हजार बजेटमा ३० करोड, ८० लाख, १४ हजार २८ रुपैयाँ अर्थात ४५.७२ प्रतिशत खर्च गरेको छ। जसमा चालुतर्फ ४८.६८ प्रतिशत र पुँजी गततर्फ ३६.८१ प्रतिशत रहेको छ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले जम्मा बजेटको ६५.८३ प्रतिशत बजेट खर्च गर्न सफल भएको छ। यस मन्त्रालयको चालु आर्थिक वर्षमा २१ करोड ८० लाख ९१ हजार २८७ रुपौयाँमा १४ करोड ३५ लाख, ५९ हजार १४९ रुपैयाँ बजेट खर्च गरेको हो। जसमा चालूतर्फ ७४.२५ र पुँजीतर्फ ४२ प्रतिशत रहेको छ।्

यस्तै, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको कुल २ अर्ब १८ करोड ७६ लाख ८९ हजार ९९० रुपैयाँ बजेटमा जम्मा १ अर्ब ४२ करोड ५३ लाख ६४ हजार १८८ रुपैयाँ अथार्त ५६.१५ प्रतिशत बजेट खर्च गरेको छ। जसमा चालूतर्फ ६७.६४ र पूँजीगततर्फ ६३.३१ प्रतिशत खर्च भएको छ।

भूमि व्यावस्था कृषि तथा सहकारी मन्त्रालयको चालु आ.वको कुल २ अर्ब ४१ करोड, ४० लाख ९१ हजार ९६५ बजेटमा १ अर्ब ६९ करोड ६४ लाख ९ हजार १०६ रुपैयाँ ६२ पैसा अर्थात ७०.२७ प्रतिशत खर्च गरेको छ। जसमा चालूतर्फ ६६.७१ र पूँजीतर्फ ७८.३४ प्रतिशत खर्च भएको छ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयको कुल बजेट ३० करोड १८ लाख ९३ हजारमा १८ करोड १४ लाख ३१ हजार ७६२ रुपौयाँ ४० पैसा अर्थात ६०।१ प्रतिशत खर्च गरेको छ। जसमा चालुतर्फ ६०.८२ र पूँजीतर्फ ५५.९१ प्रतिशत रहेको छ।

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको कुल बजेट ११ अर्ब १२ करोड ८८ लाख ८३ हजार बजेटमा जम्मा ६ अर्ब १० करोड ९२ लाख १० हजार २८२ रुपैयाँ १ पैसा अर्थात ५४.९० प्रतिशत मात्रै खर्च गरेको छ। जसमा चालुतर्फ ७०.४८ र पूँजीतगतर्फ ५४.५३ प्रतिशत बजेट खर्च भएको छ।

सामाजिक विकास मन्त्रालयको कुल बजेट ६ अत्र्र १३ करोड ४२ लाख २७ हजार २५५ रुपैयाँमा ४ अर्ब ३८ करोड २९ लाख ९७ हजार २९१ रुपैयाँ ०६ पैसा अथार्त ७१.४५ प्रतिशत खर्च भएको छ। जसमा चालुतर्फ ६८.८१ र पूँजीतर्फ ७४.६४ प्रतिशत बजेट खर्च भएको छ।

यस्तै, कर्णाली प्रदेश योजनाको कुल बजेट ३ करोड ३३ लाख रुपैयाँमा १ करोड ८२ लाख २५ हजार ८३६ रुपैयाँ १० पैसा अर्थात ५४.७३ प्रतिशत खर्च भएको छ। जसमा चालुतर्फ ५४ र पुँजीगततर्फ ८९.०७ प्रतिशत रहेको छ।

यस्तै, अर्थ तथा वित्तीय व्यवस्थापनको कुल बजेट २५ करोडमा जम्मा ६ करोड ३५ लाख अर्थात २४.१४ प्रतिशत, अर्थ विविधको कुल बजेट ३४ करोड २५ लाख २ हजार ८७५ कम सबै बजेट फ्रिज गएको छ।

यस्तै, स्थानीयतहहरुको कुल बजेट ४ अर्ब ९३ करोड ३७ लाख २९ हजारमा जम्मा ४ अर्ब ३७ करोड ८४ लाख ४७ हजार ७४२ रुपैयाँ ०३ पैसा अर्थात ८८.७५ प्रतिशत खर्च भएको छ।

प्रदेश व्यवस्थापिकाको कुल बजेट १७ करोड १९ लाख ७९ हजारमा चालु आ.वमा १० करोड २० लाख ७८ हजार २७१ रुपैयाँ ४६ पैसा अर्थात ५९.३६ प्रतिशत, प्रदेश लोक सेवा आयोगको कुल बजेट ११ करोड ५४ लाख ४८ हजारमा ८ करोड ३९ लाख ९६ हजार २८४ रुपैयाँ ९२ पैसा अर्थात ७२.७६ प्रतिशत र मुख्य न्यायाधिवक्ताको कार्यालयको कुल बजेट एक करोड ८६ लाख ३६ हजारमा जम्मा एक करोड ५८ लाख २२ हजार १३४ रुपैयाँ २० पैसा अर्थात ८४.९० प्रतिशतबजेट खर्च भएको छ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्