दैलेखमा आफ्नैं छोरी बलात्कारको कसुरमा बाउलाई ३३ वर्ष कैद फैसला

होस्ट खबर २६ असार २०८०, मंगलवार
1 Min Read
Aa

दैलेख : जिल्ला अदालत दैलेखले १७ वर्षीया आफ्नै छोरी बलात्कारको कसुरमा ५० वर्षका एक जनालाई ३३ वर्ष कैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट सोमवार भएको उक्त फैसला भएको सूचना अधिकारी टीकाराम न्यौपानेले जानकारी दिए ।

०७९ चैत १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेको थियो । उजुरीका आधारमा ती व्यक्तिलाई गिरफ्तारको काम पनि त्यही दिन भएको थियो । बालिकाको स्वास्थ्य परीक्षण चैत २१ गते नै भएको थियो ।

फैसला तीन लाख रुपियाँ जरिवाना, ५० हजार रुपियाँ पीडित बालिकालाई क्षतिपूर्ति र २८ सय रुपियाँ पीडित राहत कोषमा पीडकबाट भराउनेसमेत उल्लेख गरिएको छ । बलात्कार गरेको पुष्टि भएपछि हाडनातामा २५ वर्ष र पीडितको उमेर अनुसार हुने बलात्कार सजाय ८ वर्षसमेत थपेर कसुरदारलाई ३३ वर्ष कैद गरिएको अदालतको फैसलामा उल्लेख छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्