सोलुखुम्बुको लिखुपिके दुर्घटनाग्रस्त हेलिकप्टरमा सवार सबैको शव फेला

होस्ट खबर २६ असार २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं : सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको ९-एनए एमभी कलसाइन भएको मनाङ एयरको दुर्घटनाग्रस्त हेलिकोप्टरमा सवार सबै ६ जनाको शव फेला परेको छ ।

सोलुखुम्बुको लिखुपिके गाउँपालिका ५ साविक भकान्जे गाविसस्थित लामाजुराको चिहानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हेलिकप्टरमा सवार सबै ६ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान १० बजे सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ‘एनए एमभी’ कलसाइनको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका ५ स्थित लाम्जुरापास क्षेत्रमा दुर्घटना भएको थियो । उक्त हेलिकप्टर ‘रुखमा ठोक्किएर’ दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

अहिले प्राप्त भएका शवहरु संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्