आजै एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, बोर्ड बैठक बस्दै

होस्ट खबर २१ असार २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसईई०को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीका अनुसार नतिजा सार्वजनिकको काम सकिएको छ ।

आज दिउँसो बोर्ड बैठक बोलाइएको छ । ‘अन्तिम तयारीमा छौँ । आज बोर्ड बैठक बसेर नतिजा सार्वजनिक गर्ने योजना छ । आज सम्भव नभए भोलि हुन्छ’, परीक्षा उपनियन्त्रक भक्तबहादुर गोदारले भने । २०७९ सालको एसईईमा ४ लाख ८५ हजार ३ सय ९६ परीक्षार्थी सहभागी भएका थिए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्