सरकार एनआरएनसँग सहकार्य गर्न प्रतिबद्ध छ: उप्रधानमन्त्री खड्का

होस्ट खबर १४ असार २०८०, बिहीबार
2 Min Read
Aa

मस्कट : उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाल सरकार गैरआवासीय नेपालीहरुसँग सहकार्य गर्दै देशको समृद्धिका लागि अघि बढ्न प्रतिबद्ध रहेको बताएका छन् ।

खड्काले ओमानको राजधानी मस्कटमा बुधवार आयोजित आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलनलाई प्रमुखअतिथिका रुपमा सम्बोधन गर्दै सरकार र एनआरएनबीचमा अझ बढी विश्वास कायम गर्दै काम गर्नुपर्नेमा जोड दिए ।

उपप्रधानमन्त्री खड्काले एनआरएनले नेपालका लागि गरेको योगदानको प्रशंसा गर्दै देशका समस्या समाधानमा समेत गैरआवासीय नेपालीको मध्यपूर्व क्षेत्रीय सम्मेलन उपयोगी हुने आशा व्यक्त गरेका छन् । उनले सम्मेलनले निर्दिष्ट गरेका विषयलाई नेपाल सरकारले सकारात्मक रुपमा लिएर कार्यान्वयन गर्ने बताए ।

उनले सरकारले एनआरएनका विषयलाई गम्भीरतापूर्वक लिँदै नीति तथा कार्यक्रम र बजेटमा पनि सम्बोधन गरिएको बताए ।

उनले संविधानले परिकल्पना गरेअनुसार नागरिकता ऐन आएको भन्दै छिट्टै नियमावलीको काम सक्ने गरी काम सुरु जानकारी समेत दिएका छन् । सरकार र सिंगो संसद एनआरएनएको पक्षमा रहेको समेत उपप्रधानमन्त्री खड्काले प्रष्ट पारेका छन् ।

विदेशमा रहेका नेपालीहरुलाई मतदानको अधिकार दिलाउने सन्दर्भमा पनि सकारात्मक प्रगति भएको विचार व्यक्त गर्दै आवश्यक बजेट पनि सरकारले नै व्यहोर्ने जानकारी दिए ।
उपप्रधानमन्त्री खड्काले विदेशमा सिकेको ज्ञान, सीप र क्षमतालाई देशको हितमा लगाउन समेत गैर आवासीय नेपालीलाई आग्रह गर्नुभयो ।

वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्धता बढाउन समेत उएले आग्रह गरेका छन् । सम्मेलनमा मध्यपूर्वसहित यूरोप, अमेरिका जापान लगायत विभिन्न मुलुकका करीब ५०० जना प्रतिनिधिको सहभागिता छ । मस्कट घोषणापत्र जारी गर्दै सम्मेलन जुन ३० मा सम्पन्न हुनेछ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array