पूर्वि सुर्खेतका तिन पालिकाको यस्तो छ, बजेट

होस्ट खबर ११ असार २०८०, सोमबार
1 Min Read
Aa

सुर्खेत : पूर्वि सुर्खेतको गुर्भाकोट नगरपालिकाले विकास बजेट चालु बजेटभन्दा झण्डै तीन गुणा कम बराबरको बजेट सार्वजनिक गरेको छ । गुर्भाकोट नगरपालिका ९७ करोड ९१ लाख ५० हजार सात सय ५६ रुपैयाँ बराबरको बजेट आएको छ ।

जसमा चालुतर्फ ७४ करोड ३६ लाख ४३ हजार छ भने पूँजिगततर्फ २३ करोड ५५ लाख सात हजार रहेको छ । यो चालू आर्थिक वर्षको बजेट भन्दा झण्डै तीस करोडले बढी हो । चालु आवमा गुर्भाकोटले ६४ करोड ३७ लाख ५५ हजार बराबरको बजेट सार्वजनिक गरेको थियो ।

यस्तै भेरीगंगा नगरपालिकाले आगामी वर्षका लागि ६८ करोड ९९ लाख ८१ हजार १ सय ३९ रुपैयाँ बराबरको ल्याएको छ । यस्तै सिम्ता गाउँपालिकाले आगामी वर्षका लागि चालु आर्थिक वर्षको तुलनामा झण्डै आठ करोड बजेट घटाएर ल्याएको छ । आगामी नीति तथा कार्यक्रमहरु कार्यान्वयनका लागि सिम्ताले ५८ करोड १७ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

चालुतर्फ ३९ करोड ९७ लाख चार हजार तीन सय ५० र पूँजिगततर्फ १८ करोड २८ लाख ६६ हजार छ । चालू आर्थिक वर्षमा सिम्ताले ६४ करोड ३९ लाख आठ हजार नौ सय २७ रुपैयाँ बजेट रहेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्