पश्चिम सुर्खेतका तिन पालिकाको यस्तो छ, बजेट

होस्ट खबर ११ असार २०८०, सोमबार
2 Min Read
Aa

सुर्खेत : पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाले आगामी आर्थिक २०८०/८१ को बजेट, नीति तथा कार्यव्रम ल्याएको छ । १४ औँ गाउँ सभामार्फत गाउँपालिकाका उपाध्यक्ष नर बहादुर बान्तोलाले आव २०८०/८१ का लागि ६६ करोड २९ लाख ७६ हजार बराबरको बजेट प्रस्तुत गरेका हुन् ।

गाउँपालिकाले चालुतर्फ ३६ करोड ५७ लाख ८१ हजार र पुँजीगततर्फ २९ करोड ७१ लाख ९५ हजार गरी जम्मा ६६ करोड २९ स्वास्थ्य, कृषि, भूमि सुधार लगायतका विषयलाई प्राथामिकतामा राखिएको छ । गाउँपालिकाले नीति तथा कार्यव्रmम र बजे टमार्फत तीन वर्षमा सबै नागरिकको हातमा लालपुर्जा वितरण गर्ने उद्देश्यले भूमिसुधारको विषयलाई प्राथमिकतामा राखिएको जनाएको छ ।

सुर्खेतको बराहताल गाउँपालिकाले ५९ करोड ५८ लाख ८७ हजार बराबरको बजेट ल्याएको छ । गाउँपालिकाले पेस गरेको बजेटमा चालुतर्फ ३४ करोड ५६ लाख १४ हजार र पुँजीगततर्फ २५ करोड दुई लाख ७३ हजार बजेट विनियोजन भएको छ । बराहताल गाउँपालिकाले कृषि, स्वास्थ्य, शिक्षा, रोजगार र विकास निर्माणका योजनालाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ । १३ औ गाउँ सभामार्फत गाउँपालिले बजेट तथा कार्यव्रmम ल्याएको हो ।

सुर्खेतकै पञ्चपुरी नगर पालिकाले झन्डै ६६ करोड बराबरको बजेट प्रस्तुत गरेको छ । पञ्चपुरी नगर पालिकाले आव २०८०/८१ का लागि ६६ करोड ९८ लाख ३४ हजार रुपियाँ बराबरको बजेट ल्याएको छ । चालुतर्फ ३७ करोड ३३ लाख ३३ हजार र पुँजीगततर्फ २९ करोड ६५ लाखको बजेट विनियोजन गरिएको छ । नगर पालिकाको १३ औँ नगर सभाबाट आर्थिक व २०८०/८१ को बजेट प्रस्तुत गरिएको हो । नगर उपप्रमुख मुक्तिदेवी रेग्मीले बजेट प्रस्तुत गरेकी थिईन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array