रुपन्देहीका एसपीले दिए आइजिपीलाई चुनौती

होस्ट खबर ११ असार २०८०, सोमबार
4 Min Read
Aa

काठमाडौँ : प्रहरी प्रधान कार्यालयले काजमा रहेका वा सरुवा बढुवा भई अन्यत्र पदस्थापन भइसकेका प्रहरी कर्मचारीलाई यथाशीघ्र आ–आफ्नो दरबन्दीमा हाजिर हुन निर्देशन दिए पनि त्यसको रुपन्देहीमा अवज्ञा हुने गरेको पाइएको छ ।

प्रहरी महानिरीक्षक वसन्त कुँवरले प्रहरीमा आन्तरिक सुदृढीकरण ल्याउने तयारी स्वरूप अन्यत्र दरबन्दीका प्रहरी कर्मचारीलाई यथाशीघ्र फिर्ता रमाना गर्न मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिए पनि त्यसको दुई महिना बितिसक्दा समेत रुपन्देही प्रहरीमा पालना भएको छैनन् ।

सोर्सफोर्स भएका र हाकिमलाई चाकडी गर्न सक्नेलाई थमौती गर्ने र नसक्नेलाई दरबन्दीमा फिर्ता गरेर भेदभावपूर्ण कार्य गर्ने क्रम यहाँ चलिरहेको छ । कार्यक्षमतामा अत्यन्तै कमजोर मानिने रुपन्देहीका प्रहरी उपरीक्षक भरतबहादुर विकले इलाका प्रहरी कार्यालय तुलसीपुर दाङ दरबन्दीका प्रहरी सहायक निरीक्षक मिलन जिसीलाई काखी च्याप्ने काम गर्दै आएका छन् ।

अनुसन्धान अधिकृत नभएको भनी अनेक बहाना पारी जिसीलाई दरबन्दीमा रवाना गर्न एसपी बिक स्वयंले मानिरहेका छैनन् । एसपी सिंहले विशेष परिस्थितिका कारण र प्राविधिक जिम्मेवारीमा रहेकाले जिसीलाई रमाना नगरिएको बताए । आइजिपी कुँवरको निर्देशन अनुसार अहिले प्रायः अधिकांश जिल्लाका प्रहरी कर्मचारीहरूले रमाना बुझी आफ्नो दरबन्दी गइसके ।

तर, चार वर्षदेखि कहिले चौकी इन्चार्ज त कहिले क्राइम इन्चार्ज बस्दै आएका असई जिसीलाई भने थमौती दिइरहेका छन् । तालुक कार्यालयले स्पष्ट विभागीय नीति निर्देशन दिँदासमेत एसपी विकले प्रहरी प्रधान कार्यालयको निर्देशन मानेका छैनन् ।

झन्डै चार वर्षदेखि क्राइम इन्चार्जमा रहेका जिसीलाई एसपी विकले न त क्राइम इन्चार्जबाट हटाउन सकेको छ, न त दरबन्दी रहेको स्थान दाङ नै खटाउन सकेका छन् । मातहतका प्रहरी चौकीहरूको फेरबदल गरेका एसपी विकले दाङ दरबन्दी नभएका जिसीलाई के आधारमा थमौती दिइरहेका होलान् भनेर प्रहरी नै अचम्मित छन् ।

यसअघि यहाँका विवादित घुमुवा प्रहरी सहायक निरीक्षक कमल भट्टराईलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयले रोल्पा लखेट्यो भने एसपी बिक स्वयमले प्रहरी हवलदार जन्तलाल गुप्तालाई इलाम दरबन्दीमा रवाना गरेका थिए । त्यस्तै, अर्का प्रहरी सहायक हवलदार तारा यादवलाई कपिलवस्तु रवाना गरिएको थियो ।

त्यस्तै, प्रहरी चौकी चिलियाबाट सई प्रकाश शाहीलाई जिल्ला फिर्ता बोलाएको थियो । तर, असई मिलन जिसीलाई भने रुपन्देहीका एसपी विकले दरबन्दी फिर्ता नगरी आफैसँग राखेका हुन् । जबकी काजमा बसेका र अन्यत्र दरबन्दीका प्रहरी कर्मचारीलाई रमाना गर्न प्रहरी प्रधान कार्यालयले बारम्बार परिपत्र गर्दै आइरहेको छ ।

एसपी विकले आनाकानी गदै आफ्नो दरबन्दी भएका कार्यालयमा प्रहरी कर्मचारीलाई आफूसँगै राख्दै आएका छन् । अहिले भैरहवामा भएका चोरी तथा आपराधीक गतिविधि नियन्त्रणमा लिन समेत रुपन्देहीका एसपी बिक असफलजस्तै भएका छन् । रुपन्देहीमा अहिले मोटरसाइकल चोरहरूको बिगबिगी बढेको छ भने केही समय अगाडि बम विस्फोट भएको छ ।

एसपी विकले जिरो टोलरेन्सको नीति लिएको बताउँदै आए पनि बम विस्फोट र चोरी बढ्दै गएपछि जनजीव त्रसित छ । आपराधीक गतिविधिलाई नियन्त्रणमा एसपी बिक त चुकेँ नै उनले विश्वास गरेका असई जिसीले समेत केही उपलब्धि हात पारेका छैनन् । यसअघि प्रहरी सहायक निरीक्षक जिसीको कमान्डमा प्रहरी सहायक हवलदार निवासबहादुर सिंह क्षेत्री, प्रहरी जवान मनोज यादव थिए ।

प्रहरी जवान यादवलाई अहिले इप्रका रुद्रपुर पठाइएको छ । उनी अहिले ७ दिनको घर बिदामा छन् । त्यस्तै, घुमुवामा प्रहरी सहायक हवलदार अजय कुँवर, अनिल रायमाझी, भोजराज गुरुङ थिए । प्राविधिकका गुरुङलाई इलाका प्रहरी कार्यालयबाट तानेर जिल्लामा घुमुवा खटाइएको भन्दै एसपी बिक बिवादमा तानिएपछि उनलाई जिप्रका रुपन्देहीको सञ्चारमा खटाइएको छ ।

अर्का घुमुवाद्वय कुँवर र रायमाझी भने १० दिनको बिदामा छन् । आफू विरुद्ध असार ४ गते तालुक कार्यालयमा उजुरी परेपछि आत्तिएका असई जिसीले असार ६ गते उजुरी हाल्ने व्यक्तिलाई रुपन्देही झिकाउँछु, कल डिटेल निकाल्छु भन्दै हिँडेको रुपन्देही प्रहरी स्रोत बताउँछ । एसपीकहाँ कल डिटेल निकाल्नसमेत उनले अनुरोध गरेको स्रोतले बताएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्