मौसम पूर्वानुमान: आज कहाँ-कहाँ पर्छ पानी ?

होस्ट खबर ११ असार २०८०, सोमबार
2 Min Read
Aa

काठमाडौँ : देशका विभिन्न भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । केही स्थानमा बिहानैबाट वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रहनेछ । कोशी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ । मधेस प्रदेशका धेरै भूभाग र बाँकी तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

आज राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू–भागमा सामान्य बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

कोशी प्रदेश र मधेस प्रदेशका धेरै भू–भाग र बाँकी तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायत क्षेत्रहरू प्रभावित हुनसक्ने महाशाखाले जनाएको छ ।

भारी वर्षा र मेघगर्जन तथा चट्याङले हुनसक्ने बाढी, पहिरो, डुबान, भू–क्षय तथा गेग्रान बहावकारण हुने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्क रहन पनि मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्