आज देशभर कहाँ-कहाँ हुँदैछ भारी वर्षा ?

होस्ट खबर १० असार २०८०, आईतवार
2 Min Read
Aa

काठमाडौँ : बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिन आज भारी वर्षाको सम्भावना रहेको छ ।

हाल नेपालमा मनसुनी वायु र भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापिय प्रणालीको प्रभाव रहेको छ । जारी बुलेटिनमा हाल देशका विभिन्न स्थानमा मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आइतबार दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

राती पनि बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

महाशाखाका अनुसार सोमबार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

मंगलबार पनि बागमती र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेशको एक–दुई स्थानमा भारी वर्षाका पनि सम्भावना रहेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्