देशभर फैलियो मनसुन, आज कहाँ-कहाँ हुँदैछ भारी वर्षा

होस्ट खबर ९ असार २०८०, शनिबार
1 Min Read
Aa

काठमाडौँ : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशभर पानी पर्ने सम्भावना रहेको जनाएको छ । हाल देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

महाशाखाका अनुसार हाल कर्णाली प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । दिउँसो देशभर सामान्य बदली रहनेछ । देशभर केही स्थानहरूमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । राती भने देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ । देशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन प्रणाली नेपालभर फैलिएको छ । नेपालभर मनसुन फैलिन आगमनको दिनदेखि यस वर्ष नौ दिनको समय लागेको छ ।

मनसुनको समयमा बाढी, पहिरो, डुबान, भू–क्षय, बाटो हिलाम्य हुने, तथा गेग्रान बहावजस्ता प्रभावहरूले सडक तथा हवाई यातायात, कृषि, पर्यटन, स्वास्थ्य लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिन्छ । त्यसैले, खराब मौसमका कारणले हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध महाशाखाको अनुरोध छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्