मुटुको चाल कम भएपछि राष्ट्रपति पौडेल ‘अब्जर्भेसन’मा

होस्ट खबर ३ असार २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौँ : मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर (महाराजगन्ज) मा भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेललाई ‘अब्जर्भेसन’मा राखिएको छ। यसको अवधि कम्तीमा २४ घण्टा हुन्छ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार राष्ट्रपति पौडेलको मुटुको चालमा कमी आएपछि उनलाई अब्जर्भेसन’मा राखिएको हो। साथै उनलाई कमजोरी महसुस पनि भएको छ।

राष्ट्रपति पौडेललाई अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. रत्नमणि गजुरेल र वरिष्ठ मुटुरोग विशेषेज्ञ डा। भगवान् कोइरालाले हेरिरहेका छन्।

हृदयाघातको उपचार गराएर गत बुधबार मात्र सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र (बाँसबारी) बाट डिस्चार्ज भएका पौडेलको स्वास्थ्यमा पुनः समस्या देखिएपछि उनलाई आज बिहान ३ बजे मनमोहनमा भर्ना गरिएको हो।

मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेल गत मंगलबार गंगालालमा भर्ना भएका थिए। उपचारमा संलग्न चिकित्सकका अनुसार उनको मुटुको दाहिनेतर्फको नसामा बोसो जमेर रक्तसञ्चार ब्लक हुँदा हृदयाघात भएको थियो। त्यहाँ पौडेलको मुटुको नसा एन्जिओप्लास्टी गरेर खुलाइएको थियो।

यसअघि गत वैशाखमा राष्ट्रपति पौडेलले भारतको नयाँ दिल्ली गएर उपचार गराएका थिए।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्