काठमाडौं : नेपालमा पहिलो पटक ‘एमपक्स’ अर्थात् मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार विज्ञप्ति निकालेर एक जनामा मङ्कीपक्सको लक्षण देखिएर परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको जानकारी दिएको हो ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
नमुना सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा यो रोगको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा पहिलो पटक भेटिएको यो सङ्क्रमण अहिलेसम्म एक सय ११ देशमा पुष्टि भइसकेको छ ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा।समिरकुमार अधिकारीले विदेशी नागरिकमा मङ्कीपक्स देखिएको बताए । सङ्क्रमण पुष्टि भएका विदेशी नागरिक काठमाण्डौको एक अस्पतालमा डाक्टरको निगरानीमा उपचार गराइरहेका छन् ।
अर्थोपोक्स भाइरस परिवारको मङ्कीपक्स भाइरसबाट हुने यो रोग मानिसबाट मानिस वा जनावरबाट मानिसमा सर्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । सन् १९८० मा मध्य पूर्वी र पश्चिम अफ्रिकामा देखिएको मङ्कीपक्स त्यसयता निरन्तर देखिइरहेको छ ।
अघिल्लो वर्षदेखि यसले विश्वव्यापी प्रकोपको रूप लिएको छ । मङ्कीपक्स भाइरस सार्ने स्रोतबारे यकिन जानकारी नभए पनि लोखर्के र बाँदर यस रोगका लागि संवेदनशील हुने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।
मङ्कीपक्स सङ्क्रमण भएका व्यक्तिमा ज्वरो आउने, शरीरका विभिन्न भागमा फोका हुँदै पाप्रा उप्कने, टाउको, ढाड र मांसपेशी दुख्ने, आँखामा सङ्क्रमण भई दृष्टीविहीन हुन सक्ने, निमोनिया हुनेजस्ता लक्षण र मृत्युसमेत हुन सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो भाइरस सङ्क्रमण भएपछि शरीरमा पानीसहितको मसिनो बिमिरा आउने र त्यही बिमिरा फुटेर त्यहाँभित्र भएको पानी अर्को व्यक्तिको शरीरमा पुगेर सङ्क्रमण हुन सक्ने साथै सङ्क्रमित व्यक्तिको सिँगान, कफ तथा कपडा प्रयोग गरेमा पनि यो भाइरस सर्ने जोखिम हुन्छ ।
स्वास्थ्य मन्त्रालयले विज्ञप्तिमा सम्भावित लक्षण भएका व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने, हात धुने, स्यानिटाइजर प्रयोग गर्ने लगायतका सावधानी अपनाउन भनिएको छ । यस्तै लक्षण देखिएमा सम्पर्क गर्न पनि स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्