आजबाट वीरेन्द्रनगरमा नगर माईक्रोबस सञ्चालनमा यस्तो छ, रुट र भाडादर

होस्ट खबर १ असार २०८०, शुक्रबार
1 Min Read
Aa

सुर्खेत : वीरेन्द्रनगरमा आजबाट नगर माईक्रोबस सञ्चालन सुरु हुदै छ । संयुक्त यातायात व्यबस्थापन समितीले आजबाट वीरेन्द्रनगर उपत्यकामा नगर माईक्रोबस सञ्चालन गर्ने लागेको हो । पहिलो चरणमा १० वटा फोर्स गाडीबाट धुलिायाबिटदेखि बाङ्गेसिमलसल रुटमा सेवा सुचारु गर्न लागिएको हो ।

दोस्रो चरणमा नगर क्षेत्रका भित्री सडकहरु धुलियाविट-मंगलगढी-मुलपानी-प्रदेश अस्पताल-कुमाइचोक भएर हिलेखाली चोकबाट बाँगेसिमल र हुदै पुन् सोही रूट भएर गाडीहरू फर्कने छन्। वीरेन्द्रनगरमा अटोले नगर क्षेत्रमा मनोमानी गर्न थालेको जनगुनासो बढ्न थालेपछि संयुक्त यातायात व्यबस्थापन समितीले आफ्नै नगर बस सञ्चालन गर्न लागेको हो ।

वीरेन्द्रनगर नगरपालिकाले प्रत्येक बर्ष जसो नीति तथा कार्यक्रममा नगरबस सुरु गर्ने योजना ल्याउने भएपनी आजसम्म सुरु हुन सकेको थिएन। तर आजबाट पालिका सङ्गको समन्वयमा नीजि क्षेत्रले नगरबस सञ्चालन गर्ने भएको हो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्