प्रधानमन्त्रीको पशुपति दर्शनबारे बाबुरामको कडा टिप्पणी

होस्ट खबर २८ जेष्ठ २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं : पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीसहित सरकारका मन्त्रीहरुले पशुपतिनाथ मन्दिर दर्शन गरेपछि कडा टिप्पणी गरेका छन् ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहेका डा।भट्टराईले कोही एक्लै वा सपरिवार कुनै धार्मिक स्थल जाँदा प्रश्न उठाउन नमिल्ने तर पुरै मन्त्रिमण्डलसहित जानेलाई राजनीतिको संज्ञा दिइने तर्क गरेका छन् ।

उनले लेखेका छन्,‘कोही एक्लै वा सपरिवार कुनै धार्मिक स्थल जाककदा प्रश्न उठाउन मिल्दैनस त्यो उसको निजी आस्थाको कुरा हो१ तर जब पूरै मन्त्रीमण्डल एकैसाथ र एउटा शृंखलामा धार्मिक स्थल जान्छ त्यो राजनीति हुन्छ र प्रश्न उठ्छ १’

शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री डा।प्रकाशशरण महत,पर्यटन मन्त्री सुदन किराती,मन्त्री शक्ति बस्नेत, उद्योग मन्त्री रमेश रिजालसहित जम्बो टोली पशुपति दर्शनका लागि पुुगेको थियो । घण्टौं दर्शनार्थीहरुलाई भित्र जान रोक लगाएपछि भिड केही बेर आक्रोसित समेत भएका थिए ।

 

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्