नागरिकता विधेयकमा के-के छन् नयाँ व्यवस्था ?

होस्ट खबर २१ जेष्ठ २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले निष्क्रिय भइसकेको नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै विरोध भइरहेको छ ।

संसदको दुबै सदनबाट २० भदै २०७९ मा पारित गरेर तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीसामक्ष प्रमाणीकरण गर्न पठाइएको नागरिकता विधेयक पमाणीकरण नगर्दा निष्क्रिय भएको थियो ।

राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने विधेयक होल्ड गरेर राख्दा निष्क्रिय भएको नागरिकता विधेयक मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत बुधबार प्रमाणीकरण गरिदिएपछि यो विषयमा सर्वोच्चो अदालतमा रिट परेको छ ।

विधेयक निष्क्रिय हुने हो वा होइन भन्ने विषय वहसको विषय बनिरहेका बेला नागरिकता विधेयक राजपत्रमा समेत प्रकाशित भइसकेको छ । आजको राजधानी दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्