मनसुन पर धकेलिँदा तापक्रम बढ्यो

होस्ट खबर २० जेष्ठ २०८०, शनिबार
1 Min Read
Aa

सुर्खेत : केही दिनयता देशभरको तापक्रम वृद्धि भइरहेको छ । यो वर्ष मनसुन केही ढिलागरी नेपाल प्रवेश गर्ने भएकाले गर्मी अझै बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कम हुँदै गएपछि गर्मीले तराईको जनजीवन प्रभावित भएको छ ।

गर्मीका कारण झापा, मोरङ, सुनसरी र पर्सा लगायतका जिल्लामा केही दिनलाई पठनपाठन समेत बन्द गरिएको छ । काठमाडौं उपत्यकामा समेत तापक्रम बढेको छ । ‘नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कम हुँदै गएको छ । त्यसकारण तत्काल पानी पर्ने सम्भावना छैन,’ मौसमविद् गोविन्द झाले भने, ‘यो वर्षको मनसुन ढिलागरी नेपाल प्रवेश गर्ने भएकाले गर्मी अझै बढ्ने सम्भावना छ ।’

नेपालमा सामान्यतया नेपालमा मनसुनको प्रवेश जुन १३ लाई मानिएको छ । तर अहिले नेपालमा प्रवेश गर्ने मनसुन पूर्णरूपमा विकसित नभएकाले जुन १३ मा मनसुन नेपालमा प्रवेश गर्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ । मौसमविद् झाका अनुसार नेपाल भित्रिने मनसुन विकसित नै नभएर लुप्त रहेकाले असारको पहिलो हप्ता मात्र भित्रिने सम्भावना छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्