एजेन्सी : गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै चेन्नई सुपर किङ्ग्सले इण्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटको उपाधि जितेको छ ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
अहमदाबादमा आइतबार रोकिएर सोमबार बेलुका भएको खेल चेन्नाईले डि।एल पदतीको आधारमा ५ विकेटले जितेको हो ।
खेलमा पहिला व्याटिङ गरेको साविक विजेता गुजरातले २० ओभरमा ४ विकेट गुमाएर २ सय १४ रन बनाएको थियो । उसका लागि साइ सुदर्शनले ९६ रन जोड्दा रिघिमन शाहले ५४ रन शुबमन गिले ३९ रन जोडे ।
जवाफमा २ सय १५ रनको लक्ष्य पछ्याएको चेन्नईले सुरुवाती ३ बलमा चार रन बनाएको अवस्थामा पानीले खेल रोकिएको थियो । पानी रोकिएपछि चेन्नईले १५ ओभरमा १ सय ७१ रनको लक्ष्य पायो ।
अन्तिम दुई बलमा १० रन चाहिएको अवस्थामा रविन्द्र जडेजाले एक छक्का र एक चौका प्रहार गर्दै टोलीलाई ५ विकेटले विजयी गराएका हुन् ।
जितसँगै चेन्नईले आइपिएल क्रिकटमा सर्वाधिक ५ पटक उपाधि जित्ने मुम्बइ इण्डीयन्सको किर्तीमान बराबरी गरेको छ ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्