पूर्व राजा शाहलाई आज सुर्खेतमा नागरिक अभिनन्दन गरिने

होस्ट खबर १३ जेष्ठ २०८०, शनिबार
1 Min Read
Aa

सुर्खेत : पूर्वराजा ज्ञानेन्द्र शाह र उनको परिवार सुर्खेत आउने भएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा आयोजना हुने अभिनन्दन कार्यक्रममा सहभागी हुन पूर्व राजा शाह सुर्खेत आउन लागेका हुन् ।

शनिबार दिउँसो १ बजे घण्टाघरको पश्चिमतर्फको मैदानमा नागरिकहरुकाबाट अभिनन्दन गर्न लागिएको मूल समारोह समितिका संयोजक मुकुन्दश्याम गिरीले जानकारी दिए । कार्यक्रममा शाह सहभागी भएपछि स्वागत मन्तव्य राख्ने र गिरीले राजालाई अभिनन्दन पत्र प्रदान गर्ने कार्य तालिका पनि रहेको छ । त्यसपछि संघसंस्थाले अभिनन्दन गर्नेछन् । कार्यक्रममा पूर्व राजा शाहले सम्बोन्धन गर्ने कार्यतालिका समेत रहेको संयोजक गिरीले बताए ।

नागरिक अभिनन्दन समारोहमा पूर्वराजा, रानी र राजपरिवारका केही सदस्यहरु पनि सुर्खेत आउने कार्यक्रम रहेकोे छ । राप्रपाका नेता एंव नागरिक अभिनन्दन मुल समारोह समितिका संयोजक गिरीले सुर्खेतको विकासमा स्वर्गीय राजा वीरेन्द्रको महत्वपूर्ण योगदान रहेकोले नागरिक अभिनन्दनको आयोजना गरिएको जानकारी दिए ।

सुर्खेतको वीरेन्द्रनगरको स्वरुपको खाका स्वर्र्गीय राजा वीरेन्द्रले बनाएको र राजाको योगदानको कदर गर्दै नागरिक अभिनन्दन कार्यक्रमको आयोजना गर्न लागिएको राप्रपा नेता गिरीले बताए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array