आइपिएलबाट बाहिरियो दिल्ली

होस्ट खबर ३१ बैशाख २०८०, आईतवार
2 Min Read
Aa

काठमाडौं : दिल्ली क्यापिटल्स जारी इन्डियन प्रिमियर लिग ९आइपीएल० २०२३ को उपाधी दौडबाट बाहिरिएको छ। गएराती भएको खेलमा दिल्ली पन्जाब किंग्ससंग ३१ रनले पराजित भएसंगै आइपिएलबाट बाहिरिएको हो।

टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो। जवाफमा दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३६ रन मात्र बनायो र खेल ३१ रनले हार्न पुग्यो। दिल्ली १२ खेलबाट जम्मा ८ अंक पाउँदै अंक तालिकाको पुछारमा रहेको छ। दिल्लीले ४ खेलमा जित र ८ खेलमा हार व्यहोरेको हो। पन्जाब किंग्स भने १२ अंक जोड्दै तालिकाको छैठौं स्थानमा रहेको छ। पन्जाबले आफ्नो प्लेअफ सम्भावना कायमै राखेको छ।

गएराती दिल्लीमाथी जित निकाल्न पन्जाब किंग्सका ओपनर प्रभसिमरन सिंहले ६५ बलमा १० चौका र ६ छक्काको सहयोगमा १ सय ३ रनको शतकीय ईनिङ्स खेले। आइपीएलमा सिंहको यो पहिलो शतक हो।

पन्जाबका लागि साम करनले २० तथा सिकन्दर राजाले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्। दिल्लीका लागि ईशान्त शर्माले २ तथा प्रबिन दुवे,अक्षर पटेल,कुलदिप यादव र मुकेश कुमारले समान १र१ विकेट लिए।

त्यसैगरी जितको लागि १ सय ६८ रनको लक्ष्य पछ्याएको दिल्लीका लागि ओपनर डेबिड वार्नरले सर्वाधिक ५४ रनको योगदान दिए। फिलिप साल्टले २१ तथा अमन खान र प्रबिन दुवेले १६र १६ तथा कुलदिप यादव १० रन बाहेक बाँकी ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।पन्जाबलाई जिताउन हरप्रीत बराड़ ४ ओभरमा ३० रन खर्चेर महत्त्वपूर्ण ४ विकेट लिए। त्यसैगरी नेथन एलिसले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए।राहुल चाहरले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए।

इन्डियन प्रिमियर लिग९आइपीएल २०२३मा १२ खेलको समाप्ती संगै गुजरात टाइटंस १६ अंकका साथ पहिलो , चेन्नई सुपर किंग्स १५ अंकका साथ दोस्रो मुम्बई इंडियन्स १४ अंकका साथ तेस्रो तथा लखिऊ सुपर जायंट्स १३ अंक पाएर चौथो स्थानमा रहेका छन।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्