नक्कली भुटानी शरणार्थी प्रकरण: निष्पक्ष छानबिनमा आशंका नागरिक सडकमा

होस्ट खबर ३१ बैशाख २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं : ‘करोडौं पर्ने बंगला तिम्लाई कसले किन्दियो रु’ यो वाक्य शनिबार सामाजिक सञ्जालका भित्ताहरूमा भाइरल बन्यो । बिहानैदेखि सामाजिक सञ्जाल प्रयोगकर्ताले यही वाक्य लेखेर भ्रष्टाचारविरुद्ध आवाज उठाइरहे ।

भ्रष्टाचारीलाई प्रश्न गर्दै शनिबार बिहान काठमाडौंस्थित माइतीघर मण्डलमा ‘करोडौं पर्ने बंगला तिम्लाई कसले किन्दियोरु’ भन्ने प्लेकार्डसहित प्रदर्शन गरिएको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संगठित भ्रष्टाचार र ठगी भएको भन्दै दोषीलाई कारबाही माग गर्दै नागरिक स्वतःस्फूर्त सडकमा ओर्लिएका हुन् ।

नागरिक अगुवाइमा माइतीघर मण्डलमा भएको भ्रष्टाचारविरोधी प्रदर्शनमा प्रदर्शनकारीले नेताहरूलाई व्यंग्य गरिएका प्लेकार्डहरू बोकेका थिए । माइतीघर मण्डलमा गरिएको प्रदर्शनमा डा. गोविन्द केसीसहित विभिन्न क्षेत्रका नागरिक अगुवा, राजनीतिक दलका नेता तथा कार्यकतालगायत उपस्थित थिए । आजको नागरिक दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्