काठमाडौं : यो वर्षको कक्षा १२ को परीक्षा आजबाट शुरू हुँदै छ । परीक्षामा तीन विषयमा नन ग्रेड ९एनजी० ल्याएका समेत गरी ४ लाख ६७ हजार ३ सय ८९ परीक्षार्थी सहभागी हुँदैछन् । गत वर्षको भन्दा यो वर्ष करिब ७१ हजार परीक्षार्थी थपिएका छन् ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
परीक्षामा १ हजार ४ सय ५७ केन्द्र कायम गरिएको छ । १७ हजार ४ सय ७२ जना सुरक्षाकर्मी र केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक निरीक्षक, सहयोगी र अन्य कर्मचारीसमेत गरी ३१ हजार जनशक्ति परिचालन हुनेछन् । सुरक्षाकर्मीसहित करिब ५० हजार जनशक्ति परिचालन हुने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।
सरकारले कक्षा १२ सम्मलाई माध्यमिक तह घोषणा गरेका कारण यो परीक्षा माध्यमिक तहको अन्तिम परीक्षाको रूपमा लिइएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा शुरू हुनु आधा घण्टा अघि मात्र इमेलबाट प्रश्नपत्र पु¥याउने व्यवस्था भएको बताए ।
परीक्षामा बोर्डले सबै केन्द्राध्यक्षलाई पासकोडको व्यवस्था गरेको छ । परीक्षा शुरू हुनुअघि प्रश्नपत्र प्राप्त भएपछि प्रिन्ट वा फोटोकपी गरेर विद्यार्थीलाई प्रश्नपत्र दिने व्यवस्था गरेको छ । परीक्षामा अनैतिक क्रियाकलाप गर्ने विद्यार्थीको सबै परीक्षा रद्द गर्ने र एक वर्षसम्म कुनै पनि परीक्षा दिन नपाइने गरी कानुनी व्यवस्था गरेको बोर्डले जनाएको छ ।
परीक्षामा नियमविपरीत कार्य गर्ने विद्यार्थीमाथि १ वर्षसम्म परीक्षा रद्ध र १ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरेको छ । नेपाल समाचारपत्र दैनिकबाट
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्