चार महिनामा आए ३ लाख २६ हजार पर्यटक

होस्ट खबर १९ बैशाख २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं : सन् २०२३ को ४ महिना ९अप्रिल० मा ९८ हजार ७ सय ९३ जनाले नेपाल भ्रमण गरेका छन् । मार्च महिनामा ९९ हजार ४ सय २६ पर्यटकले नेपाल भ्रमण गरेका थिए । नेपाल पर्यटन बोर्डका अनुसार मार्च महिनामा आउने पर्यटक कोभिड – १९ पछिकै सबैभन्दा धेरै थियो ।

कोभिड–१९ को ३ वर्ष पछि एक लाखको हाराहारीमा पहिलो पटक पर्यटक आगमन भएको थियो । कोभिड–१९ पछि सबै भन्दा बढी पर्यटक आगमन भएको सन् २०२२ को अक्टोबरमा ८८ हजार ५ सय ८२ थियो ।

जनवरीमा ५५ हजार ७४, फेब्रअरीमा ७३ हजार २ सय ५५, मार्चमा ९९ हजार ४ सय २६ र अप्रिलमा ९८ हजार ७ सय ९३ पर्यटक गरी सन् २०२३ को पछिल्लो ४ महिनामा ३ लाख २६ हजार ५ सय २८ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

सन् २०२२ को अप्रिलमा ६१ हजार ५ सय ८९ पर्यटकले नेपाल भ्रमण गरेका थिए भने सन् २०२१ को सोही महिनामा २२ हजार ७ सय ३२, सन् २०२० मा कोभिडको समयमा १४ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए भने सन् २०१९ मा १ लाख ९ हजार ३ सय ९९ पर्यटकले नेपाल भ्रमण गरेका थिए । आजको कारोबार दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्